Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


जग्गा प्रकरण: पूर्वसहसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न म्याद थप


520
Shares

काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गमा रहेकाे जग्गाको लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि अनुसन्धान गर्न ८ दिन म्याद थप भएको छ।

जिल्ला अदालत काठमाडौंमा आइतबार पेश भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरासतमा राखेर उक्त प्रकरणमाथि अनुसन्धान गर्न प्राप्त भएको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोको (सीआईबी) ले जनाएकाे हाे

ट्रष्टको नाममा दर्ता कायम रहेको साेही जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी-आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा चलाइएको छ।