Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


थारू समुदायले काठमाडौंमा पनि समाचकेवा पर्व हर्षोउल्लासका साथ मनाए


156
Shares

काठमाडाैं । थारु समुदायले काठमाडौंमा पनि समाचकेवा पर्व मनाएका छन् ।

काठमाडौं शनिबार प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले सोही पर्व हर्षोउल्लासका साथ मनाएका हुन् । कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह चौधरीले पर्वको मौलिक परम्पराकाे बारेमा चर्चा गर्नुभएको थियो । यस पर्वलाई दाजु बहिनीको प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ।

मध्य तराईको थारु समुदायले भाईटीका अर्थात गोवद्र्धनपूजाको भोलिपल्टबाट कात्तिक पूर्णिमासम्म १५ दिन यो पर्व मनाउने गर्दछन् । यस पर्वमा दिदी-बहिनीले माटोका विभिन्नखाले मूर्तिहरू समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी र वृन्दावन लगायतका आकृति बनाएर खेलिने गर्छन् ।

जानकारका अनुसार द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झुठो कुरा सेविका डिहुलीले भगवान कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सोही सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको पुराणमा उल्लेख छ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएका सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन शुरु गरिएको भनाइ छ ।