Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरेकाे अर्थमन्त्री खनालकाे दावी

भ्रष्टाचार नियन्त्रणका लागि भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न

0
Shares

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दावी गर्नुभएको छ।

काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । अर्थ मन्त्रालयले कुनै पनि विषय सुन्ने, छलफल गर्ने र निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो। उहाँले जेनजी आन्दोलनको मर्मअनुसार आफूले भ्रष्टाचार नियन्त्रणका लागि भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरिएको समेत बताउनुभएकाे छ।

अर्थमन्त्री खनालले सबै नागरिकले रोजगारीका लागि विदेश जार्नैपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको समेत बताउनुभयो ।