Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


नेपाल-भारत सीमा नाका आजदेखि ४ दिनसम्मका लागि बन्द


767
Shares

काठमाडाैं । भारतको बिहार राज्यमा हुन गइरहेको निर्वाचनलाई लिएर पर्सा जिल्लासँग जोडिएको सीमा नाका बन्द गरिएको छ।

यहि कात्तिक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म लागू हुनेगरी नाका बन्द गरिएको हो। पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्लासँग जोडिएको मुख्य नाकासहित अन्य सीमा क्षेत्रमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रशासनले शनिबार एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेक आवतजावत गर्न नपाउने गरी आवागमनमा रोक लगाएको जनाएकाे हाे।

बिहार राज्यको सीमावर्ती जिल्लाहरूमा ११ नभम्बर अर्थात कात्तिक २५ गते विधान सभा निर्वाचन हुने भएकाे छ।