Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


नर्सिङको लाइसेन्स परीक्षाको नतिजा कमजोर, १७ प्रतिशत मात्रै उत्तीर्ण 


507
Shares

काठमाडौं । प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै कमजोर आएको छ।

नेपाल नर्सिङ परिषदले यहि कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७ दशमलव ४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकाे जनाएकाे हाे । परिषदका अनुसार पीसीएल नर्सिङको लाइसेन्स परीक्षाका लागि ६ सय ४५ जनाले फारम भरेका थिए । जस मध्ये ६ सय २ जना मात्रै सहभागी भएका थिए। परीक्षामा सामेल भएका मध्ये १ सय ५ जना मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेको परिषदले जनाएको छ।

परिषदले गत असारमा लिएको लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । यस्तै, बीएस्सी नर्सिङ तर्फ ४५ दशमलव ७१ प्रतिशत उत्तीर्ण भएका छन् । बीएससी नर्सिङमा कुल २ सय १० जनाले दिएको परीक्षामा ९६ जना मात्रै पास भएको परिषदले जनाएको हाे।

त्यसैगरी विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ८९ जना सहभागी भएकोमा ५० जना मात्रै उत्तीर्ण भएकाे परिषदले बताएकाे छ।