Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


हनुमानढोकामा ५०४ कन्याकुमारीको पूजा


0
Shares

काठमाडौं, असोज ६ । युवा विश्व हिन्दू महासंघको आयोजनामा काठमाडौंको हनुमानढोकामा ५०४ जना कन्याकुमारीको पूजा गरिएको छ ।

प्रत्येक वर्ष इन्द्रजात्राको लिंगो ठड्याइएको भोलिपल्ट पारेर महासंघले कन्याकुमारीको पूजा गर्ने गरेको छ । महासंघले योसमेत नवौं पटक कन्याकुमारीको पूजा गरेको जनाएको छ ।

बालिकाप्रति कसैको आँखा नलागोस् र उनीहरुको स्वास्थ्य राम्रो होस् भन्ने कामनाका साथ पूजा गर्ने गरिन्छ । त्यसैगरी राष्ट्रकल्याण र रक्षाका लागि समेत पूजा गर्ने गरिएको महासंघले जनाएको छ ।

कन्याकुमारी पूजामा सबै जात र धर्मका बालिका सहभागी हुनसक्ने जनाइएको छ । गुन्युचोली नलिएका र बेलविवाह नगरेका बालिकालाई मात्र पूजामा सहभागी गराइने आयोजकले जनाएको छ ।