Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पूर्वराष्ट्रपति यादव र गृहमन्त्री अर्यालबीच भेटवार्ता


533
Shares

काठमाडाैं । पूर्वराष्ट्रपति डा.रामवरण यादव र गृहमन्त्री ओमप्रकाश अर्यालबीच भेटवार्ता भएको छ।

मन्त्री अर्यालले मंगलबार पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निजी निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो। सोही भेटवार्तामा मन्त्री अर्यालले पूर्वराष्ट्रपति यादवसँग आगामी फागुन २१ गते हुने निर्वाचनको बारेमा कुराकानी गरेकाे बुझिएको छ।

अन्तिरम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुले निर्वाचनलाई कसरी सफल बनाउने भन्ने बारेमा देशका प्रमुख राजनीतिक दल, संचार माध्यमहरुका सम्पादक र संघीय संसदका दुवै सदनका पदाधिकारीसँग समेत संवाद गरिरहेका छन् ।