काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार २७ दशमलव ६४ अंकले घटेकाे छ।
नेप्से २ हजार ५ सय ९५ दशमलव २४ को विन्दुमा कायम भएको हाे । नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ। ३ सय २२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८ सय ९८ कित्ता शेयर ४६ हजार ८ सय ७५ पटक खरिद बिक्री हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९ सय ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत एक दशमलव २१ र लगानी समूह शून्य दशमलव ८७ प्रतिशतले घटेको हाे ।
त्यसैगरी जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा एक दशमलव २१, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ८१ प्रतिशतले घटेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबै भन्दा बढी २७ करोड ९८ हजार ५ सय ७२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबै भन्दा बढी सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको ६ लाख ९ सय ९९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्