Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


एकताको सहमति अनुमोदन गर्न माओवादी केन्द्रले बोलायो बैठक


559
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द) को केन्द्रीय समिति बैठकबस्दैछ। एकता अनुमोदनका लागि दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।

त्यस्तै नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) कर्णजित बुढाथोकी र ने.क.पा.(साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले पनि एकताको सहमतिमा हस्ताक्षर गरेका छन्।

उनीहरूले चुनाव चिह्न पाँच कुने तारा तोकेका छन्। एकतापछि बन्ने दलको नाम भने निर्णय भइसकेको छैन। पार्टीको सिद्धान्त माक्र्सवाद लेलिनवाद हुने उल्लेख छ।

यसले नेपालको कम्युनिष्ट आन्दोलनमा दुई ठूला धारहरू विकसित हुने संकेत गरेको छ । एकातिर प्रचण्ड र माधव नेपालको नेतृत्वमा बृहत कम्युनिष्ट एकताको प्रयास भइरहेको छ भने अर्कोतिर असन्तुष्ट पक्षहरूबीच नयाँ शक्तिको निर्माणको प्रयास जारी छ ।