काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साेमबार ८ दशमलव २४ अंकले घटेकाे छ।
साेही अंक घटेर २ हजार ६ सय २२ दशमलव ८९ विन्दुमा झरेको हाे । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने सात वटाको परिसूचक घटेको हाे । व्यापार उपसमूहको परिसूचक सबै भन्दा बढी ० दशमलव ९३ प्रतिशत बढ्दा जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत बढीले घटेका छन् ।
१ सय ७२ वटा कम्पनीको शेयर मूल्य घट्दा ७२ वटा कम्पनीको शेयर मूल्य बढेको छ। ५ वटाको मूल्य भने स्थिर रहेको हाे । मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर इष्टर्न हाइड्रोपावरको शेयर मूल्यमा उल्टो सर्किट लागेको हाे ।
यसअघि आइतबार ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा साेमबार दिनभरीमा ३ सय ३३ वटा स्टकको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्सको सबै भन्दा बढी ३७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएकाे छ।




प्रतिक्रिया दिनुहोस्