काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् ।
सोमवार काठमाडौंस्थित एक होटलमा संस्थापन पक्षधर नेताहरु भेला भएका हुन् । कार्यसम्पादन समितिमा नरहेका केन्द्रिय सदस्यहरु छन् ।
अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । त्यस्तै संस्थापन पक्षधर नेताहरु भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र अहिले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् ।
तर हस्ताक्षर कर्ताहरुले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् । बैठकमा वीरबहादुर बलायर, नगिना यादव, सीता गुरुङ लगायतका नेताहरु रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्