Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


साेमबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो


1k
Shares

काठमाडौं ।
नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ स्थिर भएको हो ।

आईतवार प्रतितोला सुन २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको सुन सोमवार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ । चाँदीको भाउमा भने केही वृद्धि भएको महासंघले जनाएको छ ।

महासंघकाअनुसार आईवबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।