Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै


546
Shares

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै हुनुहन्छ । आज बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लाग्नुभएकाे हाे।

दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जाँदै हुनुहन्छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलनमा राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिएको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।