Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


गृहमन्त्रीविरुद्ध बालेन्द्रको आक्रोश: बदला लिन प्रहरी चौकी हटाउने प्रयास विफल


26.2k
Shares

–प्रमुख जिल्ला अधिकारीको पत्रले केही दिन रोकियो

काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री ओमप्रकाश अर्यालसँग आक्रोश पोख्न सुरु गर्नुभएको छ ।

आफ्नो योजनाअनुसार काम नगरेको आरोप लगाउँदैै मेयर बालेन्द्रको टिमले गृहमन्त्री अर्यालसँग टसल सुरु गरेका हुन् ।त्यसको पहिलो उदाहरण थापाथलीस्थित प्रहरी बिट भत्काउनु हो ।

शनिबार लगातार माइकिङ गरेर आइतबार महानगर प्रहरी बलको टोली प्रहरी चौकी भत्काउन पुगेको थियो । हुन त कानुनविपरीत बनेका संरचना भत्काउनु कामपाको दायित्व हो । तर, कामपाले सरकारी जग्गामा फोहोर थुपार्दा सरकारले केही गुनासो गरेको छैन । त्यतिमात्र होइन कामपाले हाल ठेक्का दिएका फोहोर संकलन केन्द्र सरकारी स्वमित्वमा पर्छन् ।

तर, मेयरको निर्देशनमा गुठी संस्थानको सम्पत्तिमाथि पटकपटक डोजर चलाउने प्रयास भयो । मेयर साहले थापाथलीमा त प्रहरीसँग मुठभेट गर्न खोज्नुभयो यतिले मात्र नपुगेर बालुवाटार प्रधानमन्त्री निवास अगाडिको प्रहरी चौकीसमेत भत्काउन खोज्नुभयो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनका कारण आइतबार दुई प्रहरी चौकी भत्कनबाट जोगियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार पत्र पठाएर थापाथली–त्रिपुरेश्वर खण्डको दक्षिणतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयलाई हालका लागि नहटाउन कामपालाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा हस्ताक्षरित पत्रमा राम शाहपथस्थित ट्राफिक प्रहरी मुख्यालयको भवन तथा ब्यारेक गत आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएकाले करिब सय जना प्रहरीलाई तत्काल अन्यत्र सार्न सम्भव नभएको उल्लेख छ ।

पत्रमा महानगरपालिकाले सो स्थानबाट ट्राफिक कार्यालय हटाउने सूचना र माइकिङ गरेको जानकारी दिँदै हालको विषम परिस्थितिलाई मध्यनजर गरी केही समयका लागि सो कार्य नगर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले ट्राफिक कार्यालयको दीर्घकालीन व्यवस्थापनका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वय गरिने जनाएको थियो । साथै, सम्पदा स्थलको संरक्षण र व्यवस्थापनमा महानगरपालिकालाई सहयोग गर्न प्रतिबद्धता पनि जनाएको थियो ।

जिप्रकाको पत्र आउँदा पनि कामपा प्रहरीले भत्काउने प्रयास गरेको थियो । ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि केही समयका लागि रोकिएको छ । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले अब केही दिन दुई प्रहरी चौकी भत्काउने काम स्थगित भएको बताउनुभयो ।

मेयर साहका पूर्वकानुनी सल्लाहकार रहनुभएका गृहमन्त्री अर्याललाई आफूले भनेको सबै विषय मान्नुपर्ने धारणा मेयर साह र उहाँको सचिवालयको छ । त्यसैले गृहमन्त्री हुनासाथ मेयर साहले विज्ञ इन्जिनियर धीरज जोशीलाई स्वकीय सचिव बनाउन सफल हुनुभएको थियो । उच्चस्रोतका अनुसार मेयर साहको जबरजस्ती काम गर्न इन्कार गरेपछि गृहमन्त्री र मेयरको सम्बन्ध चिसिएको छ ।

जेन–जी आन्दोलनको क्रममा दोषीमाथि कारबाही गर्न नसकेको भन्दै मेयर साहले गृहमन्त्रीको आलोचना गर्नुभएको थियो । मेयर साहले गृहमन्त्री हटाउन दबाब दिएको विषयसमेत सञ्चारमाध्यमा छरपस्ट भएको थियो । प्रम कार्यालयले विज्ञप्ति जारी गर्दै कसैको करबलमा कसैलाई हटाउन नमिल्ने आशयसहितको विज्ञप्ति जारी गरेको थियो ।

अश्लील स्टाटसका कारण बालेन चर्को विवादमा

काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह९बालेन० आफ्नै अश्लील सन्देश दिने फेसबुक स्टाटसका कारण चर्को विवादमा पर्नुभएको छ ।

बालेनले शनिवार मध्यरातमा अश्लील शब्दसहित अमेरिका, चीन, भारत तथा नेपालका प्रमुख राजनीतिक दलहरू एमाले, कांग्रेस, राप्रपा, माओवादी केन्द्र र रास्वपालाई गाली गलौज गर्दै फेसबुक स्टाटस राखेपछि सामाजिक सञ्जालभित्र र बाहिर उहाँको चर्को विरोध भएको थियो ।

उहाँले मध्यरातमा नशालु पदार्थ खाएर फेसबुक स्टाटस राख्नुभएको भन्दै धेरैले उहाँको आलोचनासमेत गरे । उहाँको स्टाटसमा आफ्नै शुभचिन्तकहरूले ‘दिमाग आउट भयो कि रु भनेर कमेन्ट गर्न थालेपछि उहाँले छोटो समयमा नै स्टाटस डिलिट गर्नुभएको थियो ।

बाहिर सामाजिक कार्यक्रममा खासै नदेखिने, जनतासँग घुलमिल नहुने तर फेसबुकमार्फत अन्टसन्ट लेख्ने भन्दै कतिपयले बालेनको राजीनामासमेत मागेका थिए । उहाँको विवादास्पद र निकै अश्लील मानिएको सो स्टाटसपछि कैयांै शुभचिन्तकहरू निराश बनेका छन् ।