Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कांग्रेसकाे पार्टी मुख्यालयको मूल गेटमा नेविसंघले लगायाे ताला


650
Shares

काठमाडाैं । नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएकाे छ।

नेविसंघका युवा कार्यकर्ताले सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएका हुन् । उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका हुन् ।

उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, कांग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको आवाजलाई नजरअन्दाज नगर्न समेत उनीहरुले चेतावनी दिएका हुन् ।