Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वीपी राजमार्ग आज दिउँसोबाट सुचारु हुने


533
Shares

यसोदा राउत
सिन्धुली ।
अविरल वर्षाकाे कारण तीन दिनसम्म अवरुद्ध रहेको वीपी राजमार्ग आजबाट सुचारु हुने भएको छ।

वीपी राजमार्गको रोशी खोला क्षेत्रका विभिन्न ठाउँमा लेदोसहितको पहिरो हटाएपछि आज दिउँसोबाट सवारी साधनहरु संचालन हुने सिन्धुली काभ्रे ट्राफिकले जनाएको छ ।

आज बिहानै देखि पानी पर्न रोकिएका कारणले रोशी खोलाको चौकिडाडा, बोक्सेकुना माम्ती लगाएतका विभिन्न सडकमा झरेको पहिरो समेत हटाईएपछि सवारीका साधनहरु वीपी राजमार्गबाट आवत जावत गर्ने भएका छन्।

वीपी राजमार्ग संचालन हुने भएपछि राजधानी काठमाण्डौ र सिन्धुलीमाडीबाट सवारीका साधनहरु गुडन थालेका छन् ।

Skip This