Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एकीकृत समाजवादी फुटकाे संघारमा

सम्मानित नेता खनाल संरक्षकाे रूपमा बस्ने र महासचिव भुसालले पार्टीकाे नेतृत्व गर्ने याेजना

2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य धर्म निरौला अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताउउनुभएकाे छ।

काठमाडाैंमा शनिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउनका लागि बैठक बस्नु अघि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताउनुभएकाे हाे। नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्नेमा उहाँकाे जाेड छ।

पार्टी अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लाग्दा इच्छाएको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी दिन आफूहरूले भन्दा समेत नमानेको नेता निरौलाकाे भनाइ थियाे ।