Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


सरकारले अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएकोप्रति प्रेस सेन्टरको आपत्ति (विज्ञप्तिसहित)


546
Shares

काठमाडौं । प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यम दर्ता गर्नका लागि सरकारले शुल्क तोकिएकोप्रति आपत्ति जनाएको छ।

प्रेस सेन्टरले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारको साेही कदमको विरोध गरेको हो। नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टरले गम्भीर ध्यानाकर्षण गराएकाे छ।

निःशुल्क रूपमा हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ताका लागि राखिएको ५ हजार र नवीकरणका लागि राखिएको २ हजार ५ सय रुपैयाँ शुल्कको प्रेस सेन्टर विरोध गरेकाे हाे । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण यसअघि झैं निःशुल्क हुनुपर्ने जारी विज्ञप्तिमा भनिएको छ ।