Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जेनजी युवाकाे आन्दोलनका क्रममा फरार कैदी पक्राउ


351
Shares

काठमाडौं। जेनजी युवाको आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्।

गत भदौ २४ गते कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत ९विष्णु० भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ परेका हुन् । रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागू औषध मुद्दाका फरार कैदीबन्दी हुन् ।

२ वर्ष कैद १ लाख जरिवाना तोकिएको बस्नेत कैद भुक्तान गर्न ६ महिना बाँकी रहेकाे समय जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकाे प्रहरीले बताएको छ । प्रहरी सहायक निरीक्षक भैरव रावलको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएका बस्नेतलाई प्रहरी वृत्त जगातिमा राखिएको हाे ।

बस्नेतमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।