Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


फरुवा प्रहार गरी आमाको हत्या, छाेरा पक्राउ


637
Shares

सुर्खेत ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आमाको हत्या गरेका छन् ।

भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनीकला बस्नेतको धारिलो हतियार फरुवा प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार कविरामले घरमा सुतिरहेकी आमाको टाउकोमा फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनीकलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ ल्याइए पनि शुक्रबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

हत्याको कारण खुलेको छैन । हत्या गरेर भाग्दै गरेका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।