Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


ताेलामा २७ सयले बढ्यो, प्रतिताेला कति पुग्याे ?


1.7k
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ बढेको छ ।

आज शुक्रबार सुन प्रतितोला दुई लाख ३९ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।