काठमाडौं । प्रतिकूल माैसमकाे कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ ।
पछिल्लो पाँच दिनयता निरन्तर वर्षा भई मौसम प्रतिकूल हुँदा सुकेटारमा शुक्रबारको उडान रद्द भएकाे हाे ।
ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार निरन्तरको वर्षासँगै मौसम प्रतिकूल भएपछि उडान अवरुद्ध बनेको हो । निरन्तर वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेकाले शुक्रबारको उडान सम्भव नभएको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबारको उडान रद्द हुँदा काठमाडौँ जान लागेको दुई जना विदेशी पर्यटकसहित १७ जना यात्रु रोकिएका छन् । उडान नभएपछि काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका छन् ।





प्रतिक्रिया दिनुहोस्