 
	    काठमाडौं ।
नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
चतवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुलनजिक बाटो अवरुद्ध भएको छ ।आज बिहान बाटाेमाथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडकमा खसेको ढुंगा हटाउने कार्य जारी छ । “मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको छ,” सडक डिभिजनले शुक्रबार बिहान पौने ९ बजे जारी गरेको सूचनामा उल्लेख छ, “मेसिनको प्रयोग गरी हटाउँदै छौँ ।”
वर्षाको समयमा यो क्षेत्रमा पहिरोको उच्च जोखिम हुने भएकाले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने उक्त क्षेत्रमा यसअघि पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्