Logo १७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026


इलाममा जिप दुर्घटना हुँदा १० जना घाइते


169
Shares

काठमाडौं ।

तेह्रथुमबाट झापातर्फ जाँदै गरेको बोलेरो जिप इलाममा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मे १ ज ३१३७ नम्बरको बोलेरो जिप मेची राजमार्गअन्तर्गत देउमाइ नगरपालिका–१ कुखुरेमा दुर्घटनामा परेको हो।

जिप विपरित दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका–६ गरामुनीकी ३० वर्षीया सुशीला तिमल्सिना, तेह्रथुम आठराई–१ का ६५ वर्षीय छविलाल गुरुङ, ३० वर्षीय प्रकाश शेर्पा, ताप्लेजुङ आठराई त्रिवेणी–१ निगुरादिनकी ६४ वर्षीया डम्मरकुमारी गुरुङ, ३० वर्षीया इन्द्र गुरुङ, २८ वर्षीया अञ्जना गुरुङ घाइते भएका छन्।

त्यस्तै धनकुटाकी ३२ वर्षीया सुष्मा लिम्बू, पाँचथर फालेलुङ–६ सिदिनकी २३ वर्षीया असिना तामाङ, झापा बुद्धशान्ति–४ जयपुरकी २७ वर्षीया चन्द्रकला कालिकोटे र मोटरसाइकल चालक पाँचथर हिलिहाङ–६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनाली पनि घाइते भएको प्रहरीले जनाएको छ।