Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


एसएसपी रानाभाटले पदबाट राजीनामा दिए


6.2k
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा पदबाट राजीनामा दिनुभएकाे छ।

रानाभाटले बुधवार आईजीपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनाएकाे हाे। रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरमा भर्ना हुनुभएकाे थियाे । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिंदा उहाँ पनि बढुवा हुनुभएकाे थियाे । उहाँ सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत हुनुभएकाे थियाे।

परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छाका कारण राजीनामा दिएको रानाभाटले भनाइ छ।