Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक आज बालुवाटारमा बस्दै

बैठकमा आगामी निर्वाचन सफल पार्ने लगायतका विषयमा छलफल गरिंने

234
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीकाे आह्वानमा बुधबार सरकार, राजनीतिक दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक बस्ने भएकाे छ।

प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु र जेनजी अगुवालाई पहिलो पटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नुभएकाे हाे। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बुधबार दिउँसाे ४ बजे बैठक बाेलाएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताउनुभयाे। बैठकमा आगामी निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभएकाे हाे ।

बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवालाई निम्तो गरिएको बुझिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने भएकाे जनाइएकाे छ।