काठमाडौं, असोज ६ । नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायत मुख्य शहरमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले विशेषगरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ ।
महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो स्वस्थ्य छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका पशुको सिङमा दुई प्रकारका रङ लगाउने भएको छ । महानगरले सिङमा हरियो चिह्न लगाए स्वस्थ्य र रातो चिह्न लगाए अस्वस्थ्य हुने भएकाले सोही अनुरुप खसीबोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । –नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया दिनुहोस्