काठमाडौं । काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउनले छठ पर्वको तयारी शुरु भएको छ ।
छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई तथा सजावटको कार्य शुरु भएको छ । वागमती नदीमा रहेका पोलहरुमा प्रकाशको लागि लाइट जडान, सजावट लगायतका कार्य थालिएको हो ।
विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ । सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि छठपर्वको तयारी भइरहेको छ ।
मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ पर्व मनाउने गरेका छन् । यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदै छ ।









प्रतिक्रिया दिनुहोस्