Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


काठमाडौँ महानगरपालिकाका यी ८ स्थानमा मनाइनेछ छठ


2.2k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडी, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ ।

यी ठाउँहरुमा महानगरले सरसफाईको कार्य थालनी गरेको पाण्डले जानकारी दिनुभयो । उहाँकाअनुसार ३ सय भन्दा बढी सरसफाइकर्मीहरु खटिएका छन् ।

काठमाडौं महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रुपमा तयारी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताउनु भयो । उहाँले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गर्नुभएकाे छ ।

उहाँले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गर्नुभयो । यसवर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ । छठ पर्वमा नदी किनारमा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ ।