काठमाडौं ।
गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर र बर्दियाको बढैयाताल गाउँपालिका(३ घर भई काठमाडौँ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी रहेका छन् ।
शुक्रवार राति प्रहरी प्रभाग कोटेश्वरको टोलीले नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली समेत फेला परेको थियो ।
उनकै बयानका आधारमा अर्का झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । मगरको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्