Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रुकुम पश्चिममा जिप दुर्घटना हुँदा घटनास्थलमै ७ को मृत्यु, १० जना घाइते


533
Shares

काठमाडाैं ।

जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रवार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली र पहिचान नखुलेको एक जना गरी सात जनाको मृत्यु भएको हो अन्य १० जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याएको छ ।

थप विवरण आउन बाँकी रहेको छ ।