Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


संविधानको आधारमा अघि बढ्ने सुदन गुरुङकाे प्रतिबद्धता


3k
Shares

काठमाडौँ

हामी नेपालका संयोजक सुदन गुरुङले आफू कुनै पनि एजेन्ट नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफूविरुद्ध फैलाइएका अफवाहबारे स्पष्टीकरण दिएका हुन्।

गुरुङले बताए, ‘सुदन एजेण्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ । म एउटा नागरिक हुँ, तपाईँ जस्तै।’ आफूविरुद्ध फैलाइएका अफवाहलाई उनले गलत राजनीतिक प्रवृत्ति भन्दै उनले थपे, ‘पहिले राजनीति बुझ्थिनँ, तर अब बुझ्दैछु। संविधान पनि पढ्दैछु।’

संविधानको आधारमा अघि बढ्ने प्रतिबद्धता पनि गुरुङले व्यक्त गरे । जेनजीलाई विभाजित गर्ने प्रयास भए पनि उनले गलत गर्नेहरूलाई संविधान र कानुनको दायरामा ल्याउन आफू सक्रिय रहने बताए।

गुरुङले भने, ‘उनीहरूले बनाएको संविधान पढ्दैछु। त्यसलाई टेकेर हामी अघि बढ्छौं। उनीहरूले सिकाएको पाठ हामी सिक्छौँ। नियम र कानुन अनुसार अघि बढाउने हो।’ विधि र कानुनअनुसार काम गर्न समय लाग्ने पनि उनले बताए। ‘समय लाग्छ। अलिकति धैर्य राख्नुपर्छ। हामी सबै मिलेर अघि बढौँ,’ उनले आग्रह गरे।

किन समय लाग्छ भन्ने प्रश्नमा गुरुङले भने, ८० वर्षसम्म बिगारेको छ। धेरै भद्रगोल बनाइएको छ। भित्र खोक्रो छ। यो कुरा तपाईंहरूले सिंहदरबार बाहिरबाट बुझ्न जरुरी छ।’