
काठमाडौं ।
हरेक वर्षझैँ यसपालि पनि ‘अञ्जली दिदी’ले सामूहिक भाइटीका लगाइदिएकी छन् । ०५५ सालदेखि नै उनले सामूहिक रूपमा भाइटीका लगाइदिँदै आएकी छन् ।
काठमाडौंको वसन्तपुर मरुस्थित काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा बिहीबार(कात्तिक ६)उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइदिइन् । उनले सबैमा भ्रातृत्वको भावना हुनुपर्ने बताइन् ।
स्वास्थ्यले साथ दिँदासम्म हरेक वर्ष तिहारमा सामूहिक भाइटीका लगाइदिने उनले बताइन् । “कोही पनि दाजुभाइलाई भेदभाव नगरीकन भाइटीका लगाएका छौँ ।
सबैमा यस्तै किसिमको भ्रातृत्वको भावना होस्,” उनले भनिन्, “अहिलेसम्म निरन्तरता दिइरहेको छु । टीका लगाउनु नै ठूलो कुरा हो भनेर आउनुभएको छ । दीर्घायु, चिरायुको कामना गर्दछु । शरीरले साथ दिएसम्म टीका लगाइरहनेछु ।”
प्रतिक्रिया दिनुहोस्