Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


करेन्ट लागेर पूर्व वडा अध्यक्षको मृत्यु


676
Shares

रौतहट।

करेन्ट लागेर बुधबार रौतहटमा एक पूर्व वडा अध्यक्षको मृत्यु भएको छ।

रौतहटको गौर नगरपालिका–५ का पूर्व वडा अध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै खेतबारीमा जडान गरेको मोटरको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते अवस्थामै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि चिकित्सकले बुधबार अपरान्न मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताउनुभयो।

मृतकको शव पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने प्रहरीले जनाएको छ।