Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


गरुडा एक पसलमा आगलागी, करिब ४० लाख बराबरको कपडा नष्ट


0
Shares

रौतहट ।

रौतहटको गरुडा नगरपालिका–८ बिर्ता बजारस्थित एक कपडा पसलमा सोमबार राति आग लागि अनुमानित ४० लाखको क्षति भएको छ।

बिगन साह ले सञ्चालन गरेको कपडा पसलमा विद्युत सल्ट भई आगलागी भएको जनाइएको छ। स्थानीयका अनुसार राति करिब १० बजे विद्युत सर्ट भएर लागेको आगो फैलिँदै जाँदा सम्पूर्ण कपडा लगायतका सामग्री जलेर नष्ट भएको छ।

पसल धनी बिगन साहका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।