
काठमाडौं ।
चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
हिजाे राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीहरुको साथबाट २ लाख ११ हजार २१० रुपैयाँ र तास एक बुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तैं, सोमबार राति नै साढे १२ बजेको समयमा खैरहनी नगरपालिका-११ मा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट एक लाख ५० हजार ७ सय २० रुपैयाँ नगदसहित पाँच बुक तास पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबै जनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्