Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपाल आइपुग्यो विपिन जोशीको शव


26
Shares

काठमाडाैं ।

हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव नेपाल आइपुगेको छ। फ्लाइ दुबईको विमानबाट केहीबेरअघि विपिनको शव नेपाल ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार शवसहितको विमान केही समयअघि अवतरणगरेको हो।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, उच्च अधिकारीहरू विमानस्थल पुगेका छन्। उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै भोलि उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।