
काठमाडौं ।
तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ ।
तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् । जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ ।
सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो ।
प्रतिक्रिया दिनुहोस्