Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ


1.9k
Shares

काठमाडौं ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेकाे छ ।

सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोकबहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोकबहादुरसमेत ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय २५ रूपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो।

नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ सुर्वणाचोकस्थित घरमा जुवा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका –८ बस्ने ४२ वर्षीय वसन्त राज घिमिरे समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ९ सय ६० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Skip This