Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिन्ह प्रदान


1.6k
Shares

काठमाडौं ।

प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका गणेश कुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे छ ।

नेपाल सरकारको असोज ३० गतेको मन्त्रीपरिषद्को निर्णयले उनलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षमा नियुक्त हुनुभएकाे हाे ।

कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीबृन्दको परिवारजनको उपस्थिति थियो ।