
काठमाडौं ।
जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार ललितपुरबाट फरार रहेका एक जना कैदी सङ्खुवासभामा पक्राउ परेका छन् ।
प्रहरीले खाँदवारी नगरपालिका –८ का २७ वर्षीय विवेक भन्ने विशाल विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो ।
विशेष सूचनाका आधारमा जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार नख्खु झुम्कामा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई खाँदवारि –८ बाट पक्राउ गरिएको हो । जबरजस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई आइतबार आज दिउँसो साढे १२ बजे घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो ।
अदालतले उनलाई १२ वर्षको कैद सजाय सुनाएको थियो । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका उनलाई आजै कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्