Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


सुशीला कार्कीकाे सपथसम्म माेबाइल चलाउन पाइनँ : केपी शर्मा ओली


364
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल चलाउन नपाएकाे बताउनुभएको छ ।

आइतबार पत्रकार सम्मेलनमा उनले भदौ २४ गते बालुवाटारबाट निस्किएपछि आफू सेनाको सुरक्षामा रहेको बताउनुभएको हो ।

“राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ । सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ । म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहभन्दा अगाडिसम्म मोबाइल लिन पाएको थिइन । मोबाइल सिज गरिएको थियो,” उहाँले भन्नुभयो ।