Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम गरिँदैनः केपी शर्मा ओली


910
Shares

काठमाडाैं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयान दिन नजाने स्पष्ट पार्नुभएकाे छ ।

आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले छानबिन समितिमा बोलाइए पनि सहजै प्रस्तुत नहुने बताउनुभएकाे हाे । अध्यक्ष ओलीले भन्नुभयाे कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन, यो हुन सक्दैन’ ‘केपी ओलीले सोझो छ भन्दैमा आयोगहरू जहाँ–जहाँ बनाउँदै, सोध्दै जान्छ । जसले बोलाउँदै जान्छ, त्यहाँ लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम हो ? त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै भ्रममा आफैँलाई धोका दिने काम ओलीले गर्दैन, उहाँले भन्नुभयाे ।’

‘कतिपयलाई लाग्ला, केपी ओलीलाई थुन्न सकिन्छ । अपराध हो त्यो । गर्न सकिएला, परिणाम जे होला,’ उनले भने । उनले आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर सक्रिय रहने पनि बताए।