Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


सञ्चारमन्त्री खरेलसहित कलाकर्मी सम्मानित


0
Shares

काठमाडौं ।

रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनको सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले विविध कार्यक्रम गरि रिमालको कला साहित्य तथा रङ्गमञ्चमा पु¥याएको योगदानको स्मरण गरेको छ।

हरेक वर्ष असोज २ गते रिमालको जन्मजयन्तीको अवसर पारेर कला साहित्य तथा पत्रकारिता जगतका विशिष्ट व्यक्तित्वलाई सम्मानित र पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यस वर्ष जेनजी आन्दोलनका कारण स्थगित कार्यक्रम बिहिवार आयोजना गरेको हो।

यसपटक रिमालको १०१औ जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले लघुत्तम चलचित्र महोत्सवको आयोजना गर्दै कला साहित्य तथा पत्रकारिता जगतका विशिष्ट व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरेको छ। सो अवसरमा सञ्चार तथा सूचना प्रवधिमन्त्री जगदिश खरेलसहित विभिन्न व्यक्तित्वलाई सम्मानित र पुरस्कृत गरिएको छ।

कार्यक्रममा हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई नगद २१ हजार १ रुपियाँसहित सम्मानित गरिएको छ। त्यसै गरी हरिप्रसाद रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट गायिका मिरा राणालाई ३१ हजार १ र हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मान पुरस्कारबाट पप गायक तथा बुद्ध वाज बर्न इन नेपालका अभियन्ता धिरज राईलाई २१ हजार १ रुपियाँसहित सम्मान गरिएको छ।

समारोहमा स्वागत मन्तव्य प्रस्तुत गर्दै अभिनेता निर्देशक तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाले आफ्ना गुरु हरिप्रसाद रिमाललाई स्मरण गर्दै सो प्रतिष्ठानमार्फत कला साहित्य र संस्कृतिमा लागेका व्यक्तिलाई सम्मान गर्नूका साथै अघिल्लो वर्षदेखि नव प्रतिभालाई प्रोत्साहन गर्दै मञ्च प्रदान गर्ने उद्धेश्यले नाटक महोत्सव गरेको र यस वर्ष लघु फिल्म महोत्सव आयोजना गरिएको बताए।

सापकोटाले सञ्चरामन्त्री जगदीश खरेल मन्त्री हुनुअघि नै उनलाई सम्मान गर्ने कार्यक्रम तय भएको जानकारी गराए। समारोहमा सम्मनित व्यक्तित्व जगदिश खरेलबारे चर्चा गर्दै कान्तिपुर दैनिकका उप सम्पादक दीपक सापकोटाले इमेज टेलिभिजनको समाचार प्रमूखको रुपमा सक्रिय खरेलले हट सिट नामक कार्यक्रममार्फत पत्रकारीताको क्षेत्रमा बेग्लै तरंग ल्याउने सो कार्यक्रमको प्रभाव अझै पनि रहेको चर्चा गर्दै खरेलले आम सञ्चार र पत्रकारीताको क्षेत्रलाई नयाँ उचाइ दिएको बताए।

त्यस्तै अभिनेता रवीन्द्र खड्काले गायिका मिरा राणा सरल हसज र सबै जनासंग मिल्ने सुप्रसिद्ध गायिका भएको चर्चा गरे।सम्मनितको तर्फबाट बोल्दै सञ्चारमन्त्री खरेलले आफू कार्यक्रममा सञ्चारमन्त्रीको रुपमा नभई सञ्चाकर्मीका रुपमा आएको बताए। अहिले पनि सञ्चारकर्ममै छु तर भूमिका फरक छ।

मलाई यस सम्मानको लागि सम्राटजीले फोन गर्नूहुदा मेरो सम्मानित हुने समय आएकै छैन, अरुलाई नै खोज्नुपर्छ कि भनेको थिएँ। तर उहाँले प्रक्रियागत ढंगले नै निर्णय भएको भन्नुभएपछि हरिप्रसाद रिमाल र कल्याणी आमाको नामको पुुरस्कार पाउनु मेरो अहोभाग्य महसुुस गरेको छु। उनले आफू बानेश्वरस्थित हरिप्रसाद रिमालको घरमा गएर उनीसंग घण्टौ गफिएको स्मरण गर्दै रिमाल पत्नीको जोश जाँगर अहिले पनि २५ वर्षिया युवतीको जत्तिकै रहेको बताए।

बुधवार निर्देशक यादव खरेलको प्रमूख आतिथ्यतामा शुभारम्भ भएको लघुतम चलचित्र महोत्सव २०८२ का विभिन्न विजेतालाई पनि बिहिवार नै पुरस्कार प्रदान गरिएको थियो। समारोहमा संगीनी नामक शर्ट फिल्मले प्रथम पुरस्कार जित्यो भने यहि फिल्मबाट विनोद लोहारले लेखन र सलिना अधिकारीले अभिनेत्रीको पुरस्कार चुमिन्।

त्यस्तै कलर अफ टिले दोस्रो पुरस्कार जित्दा यसै फिल्मबाट राजकुमार लामिछानेले निर्देशक र विर बहादुर थारुले सम्पादनको अवार्ड हात पारे। तेस्रो पुरस्कार प्राप्त गर्ने शर्ट फिल्म अन्तिम रातबाट दर्शन घिमिरेले अभिनेताको अवार्ड हात पारेका थिए। त्यस्तै दृश्यबाट नारायण जिसीले छायाकंनको पुरस्कार प्राप्त गरे। समारोहमा प्रथम हुने शर्ट फिल्मलाई एक लाख, दोस्रोलाई पचास हाजर र तेस्रोलाई पच्चिस हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने अन्य विधाका विजेतालाई जनही १५ हजार १ रुपिया प्रदान गरिएको थियो।

प्रतियोगीताका निर्णायकहरुमा अभिनेता हरिहर शर्मा, मदनदास श्रेष्ठ र प्रथम अभिनेत्री भूवन चन्द रहेकी थिईन्। समारोहामा निर्णायक मण्डलको तर्फबाट अभिनेता हरिहर शर्माले फिल्म छनोटको प्रक्रियाबारे प्रष्ट पारेका थिए। उनले महोत्सवमा आएका फिल्महरुलाई सकारात्मक र सूक्ष्म ढंगले मूल्याकन गर्दैै त्यसले समाजमा दिने शन्देस र प्रभावलाई पनि मध्यनजर गरिएको बताए।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका संरक्षक प्राडा। वासुदेव त्रिपाठीले नेपाली रङ्गमञ्चमा बालकृष्ण समपछिको शिरोमणी हरिप्रसादद रिमाल रहेको र उनले गरेको कला जगतको नेतृत्वको पुस्तानतरण हुनुपर्ने बताए।