
काठमाडौं ।
गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीमाथि सोधपुछ सुरु गरेको छ ।
शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार केही सोधपुछका लागि उनलाई बोलिएको हो । उनका अनुसार शनिबार नितु पौडेलले गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
त्यही घटनामा सोधपुछका लागि उनलाई बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्