
काठमाडौं। सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको बिहीबार निधन भएको छ।
शेर्पाको बिहीबार काठमाडौंकाे कपनस्थित निवासमा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हाे । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए ।
उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा ८ हजार मिटरमाथिसम्म पुग्नुभएकाे थियाे । उहाँले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गर्नुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्