Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


कर्मचारीलाई थप सुविधा दिएर भए पनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन


4.6k
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीकाे कार्यालयमा बिहीबार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्री कार्कीले सोही निर्देशन दिनुभएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई भएको भन्दै बबरमहलस्थित प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालन गर्ने बारेमा पनि छलफल भएको छ ।

उहाँले भन्नुभयो,-‘आजको बैठकमा समसामयिक घटनाक्रमको बारेमा छलफल भएको हो । आजको बोर्ड बैठकमा यो समयमा कर्मचारीले कसरी काम गर्ने रु कसले कहाँ कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा नै छलफल भएको हो । सम्माननीय प्रधानमन्त्रीज्युले कर्मचारीलाई पायक पर्ने काममा लगाएर भएपनि काम गर्ने कुरामा निर्देशन दिनुभएको छ । काम बन्द नगर्न भन्नुभएको छ । अदालत भवन जलेर गाह्रो भएको कारण प्राधिकरणको पछाडिको ठाउँबाट काम गर्ने विषयमा पनि छलफल भयो ।’

अन्य विमानस्थलहरु सञ्चालन गर्ने बारेमा छलफल नभएको सदस्य चित्रकारले बताउनुभयाे ।