
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री गणेश साहले पार्टी परित्याग गर्नुभएको छ ।
सचिव साहले पार्टी नेतृत्वले कहिल्यै एकताको सन्देश दिन नसकेको भन्दै अब प्रचण्ड नेतृत्वको पार्टी छाडेको स्पष्ट पार्नुभयो ।
राजनीतिबाट विश्राम लिने घोषणा गर्दै उहाँले अब कुनै पनि राजनीतिक दलमा नलाग्ने बताउनुभएको छ । तर, आफ्नो विज्ञता र क्षमताको आवश्यक परेको अवस्थामा देशको हितमा योगदान गर्न तयार रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्