Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


जेनजी आन्दोलनमा मूर्ति चोरी गर्ने लामा पक्राउ


1.5k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा चोरी गर्ने चितवनका विजय लामा पक्राउ परेका छन् ।

चितवनको कालिकानगर नगरपालिका वडा नं. ६ टाँडी स्थायी घर भएका विजय लामा हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ च्यासिन टोलमा बस्दै आएका छन् ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा विजय लामाले बुद्ध मूर्ति थान १, गणेशको मूर्ति अकित शंख जस्तो थान १, गणेशको मूर्ति थान–१, सिङगिङ्ग बल थान १ र आईफोन प्रोम्याक्स १४ थान १ चोरी गरेको प्रहरीले जनाएको छ ।

ती सामानहरू लिनका लागि सम्बन्धित व्यक्तिलाई ९७४६९५२०८२ मा प्रहरीलाई सम्पर्क गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीले अनुरोध गरेका छन् ।

एआईजी कार्कीले काठमाडौं उपत्यकामा आन्दोलनका क्रममा विभिन्न व्यक्तिका साथै सार्वजनिक स्थानमा लुटपाट भएका सामग्रीहरू स्थानीय प्रहरीलाई बुझाउन आग्रह गरेका छन् । अन्यथा कारबाही गरिने उनले बताए ।