Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


पेट्रोलको मूल्य घट्यो


0
Shares

काठमाडौं ।

पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्य अनुसार अब काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ, सुर्खेत र दाङमा १ सय ५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १ सय ५६ रुपैयाँ ५० रुपैयाँ कायम भएको छ ।

डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । भारतीय अयल कर्पोरेशनबाट मूल्य केही घटेर आए बमोजिं मूल्य समायोजना गरिएको निमगले जनाएको छ ।